राष्ट्रपतिमा माधव नेपाललाई अघि सार्ने माओेवादीसहित तीन दलकाे निर्णय

कर्णाली अनलाइन ११ फाल्गुन २०७९, बिहीबार २१:३८

काठमाडाैं । सत्तारूढ नेकपा माओवादीसहित तीन दलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति उम्मेदवारमा प्रस्ताव गर्ने भएका छन् । नेपालकाे नाममा राष्ट्रिय सहमति जुटाउन भाेलि एमाले र कांग्रेससँग संवाद गर्ने निर्णय भएकाे छ ।

राष्ट्रपतिका विषयमा छलफल गर्न आज बेलुकी नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपाका शीर्ष नेताहरू वैठकमा जुटेका थिए । प्रधानमन्त्री प्रचण्डसमेत सहभागी उक्त वैठकमा नेपाललाई राष्ट्रपतिकाे उम्मेदवारमा प्रस्तावित गर्ने सहमति जुटेकाे एक नेताले बताए । नेपाललाई सर्वसम्मत उम्मेदवार बनाउन पहल गर्ने निर्णय पनि भएकाे ती नेताकाे भनाइ छ ।

नेपाललाई राष्ट्रपति उम्मेदवार बनाउन अर्काे सत्तारूढ दल एमाले पनि सकारात्मक छ । कांग्रेसले भने राष्ट्रपति आफूले पाउनुपर्ने दावी गरिरहेकाे छ । एमाले र माओवादी एक ठाउँमा आए राष्ट्पतिमा नेपालकाे दावेदारी बलियाे बन्नेछ । साथै अहिलेकाे सत्तारूढ गठवन्धन जाेगिन सक्छ ।

आजकाे वैठकपछि निस्कदै प्रधानमन्त्री प्रचण्डले छलफल जारी रहेकाे र भाेलि एमाले अध्यक्षसँग कुरा  गर्ने बताएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रपतिमा कांग्रेस र नेकपा एसको दाबी, उपराष्ट्रपति जसपालाई

११ फाल्गुन २०७९, बिहीबार २१:३८
काठमाडौँ। चार दलबीच कांग्रेसलाई राष्ट्रपति तथा माओवादी र एकीकृत समाजवादीलाई प्रधानमन्त्री दिएर शक्ति बाँडफाँट गर्नेबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादीबीच सत्ता समीकरण र शक्ति बाँडफाँटका विषयमा छलफल भएको हो । बैठकमा चुनावअघिको पाँच दलीय गठबन्धन बिउँताउनेदेखि राष्ट्रपति, […]