सार्वजनिक रुपमै संचालनमा ल्यायो ‘भिजिट कर्णाली यातायातले स्कारपियो गाडी’

कर्णाली अनलाइन २४ पुष २०८०, मंगलवार १८:३८

 

सुर्खेत।कर्णाली प्रदेशमा भिजिट कर्णाली यातायात प्रालिले एसी हिटर लगजरी सिटसहितको स्कारपियो संचालनमा ल्याएको छ । नयाँ कम्पनी दर्ता गरेर समृद्ध कर्णालीको लागि पर्यटन, पर्यटनका लागि भिजिट कर्णाली नाराका साथ स्कारपियो सेवा सुरु गरेको छ।प्रदेशलाई पर्यटनको हब बनाई स्तरीय र भरर्दो यातायात सेवा दिन रातो नम्बर प्लेटका गाडीलाई सार्वजनिक सवारीका रुपमा सञ्चालन गर्न लागिएको हो ।

प्रदेशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उद्देश्यसहित स्कारपियो गाडीहरु संचालनमा ल्याइएको प्रा.लीका अध्यक्ष प्रकाश कुमार शाहीले जानकारी दिए । यातायात प्रा.लि.बारे मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ।

अध्यक्ष शाहीका अनुसार १ करोडको शेयर लगानीमा यातायात प्रा.लि. संचालनमा ल्याइएको र अहिले १८ वटा स्कारपियो गाडीहरु रहेका छन्। ५२ लाखदेखि ६७ लाखसम्मका गाडीहरु रहेको पनि उनले बताए ।

विशेषगरी पर्यटकीय स्थलहरु मुगुको रारा, जुम्ला चन्दननाथ, कालिकोटको पचालझरना, दैलेख पंचकोशी, महावुधाम लगायतका प्रमुख पर्यटकीय स्थलहरुमा संचालन हुने गरी पर्यटक र यात्रुहरुलाई केन्द्रविन्दुमा राखिएको उनले बताए।

साथै अनलाइन टिकेट बुकिङ सेवा पनि तयारी भइरहेको छ । गाडीमा कर्णालीका प्रमुख पर्यटकीय स्थलहरूको तस्वीर तथा स्टिकरहरु टाँस गरिने छ, उनले भने, यसले प्रदेशको पर्यटनको प्रचार , प्रसारमा पनि टेवा पुग्ने अपेक्षा राख्दछौँ।

सुर्खेत उपत्यकाभित्र यात्रुलाई स-शुल्क घरदैलो सेवा समेत दिइएको छ भने जेष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकलाई भाडामा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको अध्यक्ष शाहीले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भालुवाङ दुर्घटना–१२ जनाको मृत्यु,८ जनाको सनाखत ,दुर्घटनाको यस्तो छ खास कारण?

२४ पुष २०८०, मंगलवार १८:३८
दाङ।जिल्लाको भालुवाङमा शुक्रबार राती करिव १० बजे राप्ती पुलमा बस दुर्घटना भयो ।दुर्घटनामा परेको बसले ट्राफिक छलेको पाइएको छ। राप्ती पुल किनारमा अस्थायी ट्राफिक प्रहरी चौकी छ। ट्राफिक प्रहरीका अनुसार बस नेपालगञ्जबाट काठमाडौंको लागि अघि बढ्दै गर्दा भालुबाङ पुलचोकमा ट्राफिक जाँच थियो। दुईवटा बस सँगै थिए। जसमध्ये एउटा बस चेकिङमा […]

सम्बन्धित शीर्षक