देशभर ‘इन्टरनेट’ बन्द हुने ‘आईस्पान’को चेतावनी

कर्णाली अनलाइन १९ जेष्ठ २०७९, बिहीबार ०४:३०

काठमाडौँ।इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट प्रदायक संघ नेपाल (आईस्पान)ले जुनसुकै बेला इन्टरनेट बन्द हुनसक्ने चेतावनी दिएको छ।पछिल्लो समय इन्टरनेट वितरण केन्द्रहरूमा नेपाल विद्युत प्राधिकरणले बिजुली काटिरहेको भन्दै इन्टरनेट बन्द हुनसक्ने जनाएको हो।

योसँगै कक्षा १२ को सञ्चालित परीक्षामा समस्या आउनसक्ने भएको छ।परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को प्रश्नपत्र परीक्षा केन्द्रहरूमा अनलाइनबाट पठाउँदै आएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीमा थुनुवा कैदी हतकडीसहित फरार

१९ जेष्ठ २०७९, बिहीबार ०४:३०
कैलाली।कैलाली स्थित इलाका प्रहरी कार्यालय सुखडबाट एक थुनुवा कैदी हतकडीसहित फरार भएका छन् ।बुधबार स्वास्थ्य परीक्षण गरेर फर्किने अवस्थामा घोडाघोडी नगरपालिका -२ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडी सहित फरार भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिएका छन् । १४ जेठमा उनी सहित अन्य […]