कैलालीमा थुनुवा कैदी हतकडीसहित फरार

कर्णाली अनलाइन १९ जेष्ठ २०७९, बिहीबार ०६:१०

कैलाली।कैलाली स्थित इलाका प्रहरी कार्यालय सुखडबाट एक थुनुवा कैदी हतकडीसहित फरार भएका छन् ।बुधबार स्वास्थ्य परीक्षण गरेर फर्किने अवस्थामा घोडाघोडी नगरपालिका -२ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडी सहित फरार भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिएका छन् ।

१४ जेठमा उनी सहित अन्य दुई जनालाई प्रहरीले लागू औषध सहित पक्राउ गरेको थियो । उपचार गरेर फर्किने क्रममा फरार रहेका पाण्डेको खोजी जारी रहेको प्रहरी प्रमुख शाहीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वीरेन्द्रको सालिक राख्न खोज्दा नेपालगञ्जमा तनावग्रस्त:६ राउन्ड गोली चलाइयो

१९ जेष्ठ २०७९, बिहीबार ०६:१०
बाँके।नेपालगञ्जस्थित धम्बोजीचोक तनावग्रस्त भएको छ । स्वर्गीय राजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा धम्बोजीस्थित वीरेन्द्रचोक तनावग्रस्त भएको हो ।बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरी र राजा समर्थिक नागरिकबीच झडप भएको हो । प्रहरीले स्थिति नियन्त्रणमा लिन ६ राउन्ड हवाईफायर समेत गरेको थियो । […]