आजैदेखि कार्यकारी पदबाट बिदा लिन्छु : लालबाबु पण्डित

कर्णाली अनलाइन १३ मंसिर २०७८, सोमबार १०:१४

काठमाडौं। एमालेका पूर्वउपाध्यक्ष लालबाबु पण्डितले कार्यकारी भूमिकाबाट बिदा मागेका छन्। एमालेको १०औँ महाधिवेशनमा निवर्तमान अध्यक्ष केपी ओलीले प्रस्तावित गरेको सूचीमा पण्डित पदाधिकारीको सूचीमा समेटिएनन्। उनी खुला केन्द्रीय सदस्यमा प्रस्तावित छन्।

आइतबारसम्म पनि पण्डितले आफूले उपाध्यक्षमा दाबी नछाड्ने बताउँदै आएका थिए। यद्यपि सर्वसम्मत नेतृत्व चयन भएमा आफूले कुनै पनि पद नछाड्ने उनको भनाइ थियो।

ओलीले जारी गरेको सूचीमा पदाधिकारीमा नपरेपछि पण्डितले सोमबार बिहान सामाजिक सञ्जालमार्फत् कार्यकारी भूमिकाबाट बिदा मागेका हुन्।

नवौं महाधिवेशनमा उनी उपाध्यक्षमा निर्वाचित भएका थिए। त्यसबेला उनी माधवकुमार नेपाल समूहबाट निर्वाचित भए पनि नेकपाको विवादका बेला उनले माधव नेपाललाई छाडेर ओलीलाई साथ दिएका थिए।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले महाधिवेशनः उम्मेदवारहरुको प्रारम्भिक सूची सार्वजनिक

१३ मंसिर २०७८, सोमबार १०:१४
चितवन।नेकपा एमालेको १० औँ महाधिवेशनमा उम्मेदवारहरुको प्रारम्भिक सूची सार्वजनिक भएको छ।आइतबार राती केपी शर्मा ओलीले सर्वसम्मतिका लागि पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम बन्दसत्र हलमा पेश गरेका थिए। निर्वाचनको प्रकृया पुर्‍याउनका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन्। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल तथा उपमहसचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ […]