दुई बच्चासहित सर्लाहीको बरहथवामा आमा मृत फेला

कर्णाली अनलाइन १२ मंसिर २०७८, आईतवार ०८:२३
साकेतिक फाटो
साकेतिक फाटो

सर्लाही।सर्लाहीको बरहथवामा दुई सन्तानसहित एक महिला मृत फेला परेकी छन्।बरहथवा नगरपालिका–१, स्थित नयाँ बजार बस्ने शिव हजाराकी श्रीमती अन्दाजी २५–२६ वर्षकी कविता हजारा, अन्दाजी ६ वर्षकी एक छोरी र चार वर्षका एक छोरा आइतबार मृत फेला परेका हुन्।

महिला घरमै झुन्डिएको अवस्था र बालबालिका भुइँमा लडिरहेको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुडाथोकीले जानकारी दिए।

बिहान सबेरै स्थानीयले झुन्डिएको अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का तयार गरेर शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा पुर्‍याएको छ।

श्रीमान् शिव केही वर्षयता वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका स्थानीयले जानकारी दिए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

एकै परिवारका तीन जना मृत फेला परेपछि नयाँ बजार क्षेत्र यतिवेला शोकमा डुबेको छ। पोष्टमार्टम रिपोर्टपछि मात्र घटनाका विषयमा भन्न सकिने प्रहरीको भनाइ छ। –न्युज कारखाना


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सहिद स्मारक ए डिभिजन लिगमा आज पुलिस र जावलाखेल भिड्दै

१२ मंसिर २०७८, आईतवार ०८:२३
काठमाडौँ ।सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबार नेपाल पुलिस क्लब र जावलाखेल युथ क्लब भिड्दै छन्।यो खेल नेपाली समयअनुसार साढे ४ बजे दशरथ रंगशालामा सुरु हुने छ। प्रतियोगितामा यो दुवै टोलीको दोस्रो खेल हो। पहिलो खेलमा नेपाल पुलिसले त्रिभुवन आर्मी क्लबसँग बराबरी खेलेको थियो भने जावलाखेलले मनाङ मर्स्याङ्दीसँग १-० […]