सहिद स्मारक ए डिभिजन लिगमा आज पुलिस र जावलाखेल भिड्दै

कर्णाली अनलाइन १२ मंसिर २०७८, आईतवार ०८:५२

काठमाडौँ ।सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबार नेपाल पुलिस क्लब र जावलाखेल युथ क्लब भिड्दै छन्।यो खेल नेपाली समयअनुसार साढे ४ बजे दशरथ रंगशालामा सुरु हुने छ।

प्रतियोगितामा यो दुवै टोलीको दोस्रो खेल हो। पहिलो खेलमा नेपाल पुलिसले त्रिभुवन आर्मी क्लबसँग बराबरी खेलेको थियो भने जावलाखेलले मनाङ मर्स्याङ्दीसँग १-० गोलको हार ब्यहोरेको थियो।तालिकामा मनाङ दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा छ। दुई खेल खेलेका संकटा क्लब र सातदोबाटो युथ क्लबको समान ४-४ अंक छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थप १५८ जनामा कोरोना संक्रमण, ३४२ जना संक्रमणमुक्त

१२ मंसिर २०७८, आईतवार ०८:५२
काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय २३ पुगेको छ। आइतबार ३४२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ६ हजार ९६६ सक्रिय […]