नेपालले ‘सगरमाथा संवाद’ आयोजना गर्छ : प्रम देउवा

कर्णाली अनलाइन १७ कार्तिक २०७८, बुधबार ०४:१५

काठमाडौं। नेपालले ‘सगरमाथा संवाद’ आयोजना गर्ने भएको छ । स्कटल्यान्डको ग्लास्गोमा भइरहेको जलवायु सम्मेलन (कोप–२६) मा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले सगरमाथा संवाद गर्नेबारे बताएका हुन् ।

उनले भने, “हिमाली क्षेत्रमा जलवायु संकटबारे सचेतना जगाउन मेरो सरकारले माउन्ट एभरेस्टको नामको पछाडि राखिएको सगरमाथा संवाद आयोजना गर्नेछ ।” जलवायु परिवर्तनका विषयमा पर्वतीय र तटीय मुलुकले व्यहोरेका समस्यालाई उजागर गर्न सगरमाथा संवाद गर्न लागिएको हो ।

अघिल्लो सरकारले दुईपटक मिति तय गरेको सगरमाथा संवाद सरकार परिवर्तनसँगै अनिश्चित भएको थियो । सगरमाथा संवाद सम्मेलनको प्रमुख विषय ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण तथा मानव जातिको भविष्य’ रहेको थियो ।

वन तथा वातावरण मन्त्रालयका अनुसार सम्मेलनमा ४० मुलुकका १५० जना विज्ञ एवम् प्रतिनिधि सहभागी गराउने तयारी थियो । सम्मेलन तयारीका लागि करिब पाँच करोड रुपैयाँसमेत छुट्याइएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

' तिहारमा जति इक्विपमेन्ट चलाउँदा र झिलिमिली गर्दा नी हुन्छ' :कुलमान घिसिङ

१७ कार्तिक २०७८, बुधबार ०४:१५
काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् खपतका लागि तिहारको समय अब ‘पिक आवर’ नरहेको बताएका छन्। तिहारका अवसरमा मंगलबार पत्रकार सम्मेलन गर्दै घिसिङले विद्युत् उत्पादन र उपभोगका हिसाबले तिहारको समय अब ‘पिक आवर’ नरहेको बताएका हुन्। यसअघि तिहारको समय विद्युतको माग उच्च रहने गरेको सन्दर्भ इंगित गर्दै उनले […]