सुर्खेत। जिल्ला निर्वाचन सुरक्षा समन्वय समिति सुर्खेतले जिल्लाका २० मतदानस्थल अति संवेदनशिल रहेको जनाएको छ। मतदानस्थलको स्थलगत निरीक्षण गर्दै समन्वय समितिले सुरक्षा चुनौतिका दृष्टिले अति संवेदनशिल समान्य र अति सामान्य केन्द्रका रुपमा वर्गीकरण गरेको हो ।समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले १३८ मतदानस्थलमध्ये सुरक्षाका हिसावले २० अति संवेदनशिल ,३३ सामान्य र ७५ केन्द्र अति सामान्य रहेको जानकारी दिए ।
विगतका निर्वाचनमा भएका घटना ,दलको प्रतिस्पर्धा भौलोलिक अवस्था लगायतलाई आधार बनाइ मतदानस्थलको वर्गीकरण गरेका छौँ, उनले भने स्थानीय तह निर्वाचनमा मतदानस्थलको अवस्थाका आधारमा सुरक्षा व्यवस्था मिलाइनेछ , ती मतदानस्थलबाट मतगणनास्थलसम्म मतपेटिकालाई सुरक्षित ढुवानी गर्ने समेत आवश्यक सुरक्षा सजगता अपनाइनेछ ।
प्रमुख जिल्ला अधिकारी रिजाल ,प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेसहित सुरक्षा निकायका प्रमुखको टोलीले जिल्लाका नौ स्थानीय तहमध्ये लेकबेँशी र भेरिगंगा नगरपालिकाका मतदानस्थल बाहेक अन्य सवै स्थानको निरीक्षण गरिसकेको छ । यसपटक सम्बन्धित स्थानीय तहको सदरमुकाममा नै मतगणना हुँदैछ ।