रुसले युक्रेनमा नरसंहार गरिरहेको छ : बाइडेन

कर्णाली अनलाइन ३० चैत्र २०७८, बुधबार ०१:३१

एजेन्सी।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि अमेरिकी राष्ट्रपति जो बाइडेनले नरसंहारको आरोप लगाएका छन्।पुटिनको आदेशमा युक्रेनमा गएको फेब्रुअरी २४ देखि आक्रमण गर्दै आएका रुसी सैनिकले सर्वसाधारणको आमहत्या गरेका प्रमाणहरु आउने क्रम जारी रहेको बाइडेनले बताए । पुटिनको आदेशमा युक्रेनमा भइरहेको अत्याचार ‘नरसंहार’ रहेको बाइडेनले बताएका हुन् ।

अमेरिकी राष्ट्रपति बाइडेनले पहिलोपटक रुसी राष्ट्रपति पुटिनमाथि नरसंहारको आरोप लगाएका हुन् । युक्रेन तथा विश्वका विभिन्न देशका नेता एवम् अन्तर्राष्ट्रिय संगठनहरुले लगातार नरसंहार तथा युद्ध अपराधको आरोप तथा युद्ध अपराधको आरोप लगाउँदै छानबिनको माग गर्दै आएका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेनले आओवा राज्यको मेन्लोमा भएको कार्यक्रममा पुटिनले युक्रेनमा नरसंहार मच्चाइरहेको बताएका थिए । त्यसलाई थप स्पष्ट पार्दै राष्ट्रपति कार्यालय ह्वाइट हाउसले बाइडेनको थप टिप्पणीको ‘ट्रान्स्क्रीप्ट’ जारी गरेको छ ।डेस मोइनेस अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानका लागि एअर फोर्स वान तर्फ जाँदै गर्दै पत्रकारले बाइडेनसँग उनको टिप्पणीबारे थप सोधेका थिए ।

बाइडेनले भनेका छन्, ‘हो मैले युक्रेनमा भएको अत्याचारलाई नरसंहार भनेको हुँ । यो स्पष्ट हुँदै गएको छ कि पटिन युक्रेनी हुँ भन्ने भावना नै मेटाउन चाहन्छ युक्रेनबाट । नरसंहारका प्रमाणहरु बढ्दै गएका छन् । गएको हप्ता भन्दा अहिले अवस्था फरक भएको छ ।’

‘थप प्रमाणहरु आउँदै गर्दा रुसी सैनिकले युक्रेनमा गरेको निकृष्ठ भयानक अपराधहरु सार्वजनकि भएका छन् । हामीले थप अत्याचारहरु थाहा पाउँदै गएका छौँ’, बाइडेनले भनेका छन् ।‘अहिले देखिएका प्रमाणहरु नरसंहार हो होइन भन्ने अन्तर्राष्ट्रिय रुपमा निर्णय गर्ने अधिकार वकिलहरुलाई जिम्मा दिइने छ । तर मेरा लागि भने पक्कै पनि जे भएको छ त्यो नरसंहार हो’, बाइडेनले भनेका छन् ।

अमेरिकाले यसअघिसम्म रुसले युक्रेनमा युद्ध अपराध गरेको बताउँदै आएको थियो । तर मंगलबार बाइडेनले पुटिनलाई ‘तानाशाह’ भन्दै उनको आदेशमा युक्रेनी नागरिकको नरसंहार भएको आरोप लगाएका हुन् ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बाइडेनको टिप्पणीको स्वागत गरेका छन् । ‘सत्य कुरा’ बोलेको भन्दै जेलेन्स्कीले आफ्ना अमेरिकी समकक्षी बाइडेनको प्रशंसा गरेका हुन् ।रुसले आफ्नो देशमा गरिरहेको अत्याचारलाई परिभाषित गर्ने सही शब्द नै ‘नरसंहार’ रहेको र सत्य कुरा बोलेको भन्दै जेलेन्स्कीले ट्वीट मार्फत बाइडेनलाई धन्यबाद भनेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यातायात व्यवसायी महासंघ कर्णाली संयोजकमा सापकोटा निर्विरोध निर्वाचित

३० चैत्र २०७८, बुधबार ०१:३१
सुर्खेत । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कर्णाली प्रदेश संयोजकमा रमेशकुमार सापकोटा निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा भएको महासंघको छैटौं अधिवेशनबाट सापकोटा कर्णाली प्रदेश संयोजकमा निर्विरोध निर्वाचित भएका हुन् । दुई दशक बढीदेखी यातायात क्षेत्रमा कार्यअनुभव सम्हालेका सापकोटा हाल सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.का अध्यक्ष छन् । प्रदेश संयोजकमा निर्विरोध निर्वाचित […]