दैलेख बस दुर्घटनामा मृत्युहुने ४ जनाको पहिचान खुल्यो ,कालिकोटका २ ,दैलेखका २ जनाको मृत्यु

कर्णाली अनलाइन १२ जेष्ठ २०७९, बिहीबार ०५:३३

सु्र्खेत। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका २ सिस्नेमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरुको खनाखत भएको छ । कालिकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको म १ ख ६६० नम्वरको बस सिस्नेमा बुधवार राति ८ बजे दुर्घटना परेर चार जनाको मृत्यु भएको थियो।

मृत्युहुनेमा दैलेख दुल्लु नगरपालिका ९ का प्रेम सुनार र काशीराम पाण्डे ,कालिकोट पलाँता गाउँपालिका ३ का ज्ञान बहादुर बम र धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख भुबनेश्वर शाहले जानकारी दिए ।

बसमा ६२ यात्रु सवार भएको हुनसक्ने अनुमान गरिएको छ ।तिमध्ये ३९ जना घाइते भएको प्रहरीले जनाएको छ। उनीहरुले स्थानीइ स्वास्थय चौकी र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

१२ कक्षाको परीक्षा समय परिवर्तन,बिहान ८ बजेदखि ११ बजेसम्म हुने

१२ जेष्ठ २०७९, बिहीबार ०५:३३
काठमाडौँ। जेठ १६ गतेदेखि सञ्चालन हुनलागेको कक्षा १२ को परीक्षा समय तालिका परिवर्तन भएको छ। यसअघि ११ बजेदेखि तोकिएको परीक्षा समय परिवर्तन गरी बिहान ८ बजेदेखि ११ बजेसम्म लागि तोकिएको छ। राष्ट्रिय परीक्षा बोर्डले सुचना जारी गरी परिक्षा समय परिवर्तन भएको जनाएको छ ।विभिन्न सरोकारवाला निकायको परामर्शका आधारमा परीक्षा समय […]