मौसम पूर्वानुमान महाशाखा:पूर्वमा मनसुन र पश्चिममा स्थानीय वायुको असर

कर्णाली अनलाइन २४ जेष्ठ २०७९, मंगलवार ०१:२५

काठमाडौँ ।सुरुवातीमा मनसुन पूर्वी नेपालमा केन्द्रित बनेको छ।आइतबार पूर्वी नेपाल भएर प्रवेश गरेको मनसुन देशभर फैलने क्रममा रहे पनि पूर्वी नेपालमा वर्षा भइरहेको छ।यसबाहेक मध्य र पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

बिहान प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेशका थोरै स्थानसँगै कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति प्रदेश १, बागमती र गण्डकीका केही स्थान र मधेशका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ।महाशाखाका अनुसार बुधबार प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेशका थोरै स्थानसँगै कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मतदाता नामावली असार १ देखि संकलन शुरु हुने

२४ जेष्ठ २०७९, मंगलवार ०१:२५
काठमाडौं।निर्वाचन आयोगले असार १ देखि मतदाता नामावली संकलन गर्ने भएको छ।स्थानीय तह निर्वाचन घोषणा भएपछि २०७८ माघ २५ गते स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक असार १ देखि सञ्चालन गर्ने आयोगले आज (सोमबार) विज्ञप्ति निकालेर जानकारी दिएको हो। स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि स्थगन भएको मतदाता नामावली […]