जुम्लाको पातारासी-२ तल्फीमा अस्थाई प्रहरीचौकी स्थापना

कर्णाली अनलाइन १० चैत्र २०७८, बिहीबार १५:३३

जुम्ला।जिल्लाको पातारासी गाँउपालिका वार्ड न-२ तल्फीमा अस्थाई प्रहरी चौकीको स्थापना गरिएको छ । नागरिकलाई शान्ति सुरक्षा दिनका लागि प्रहरी चौकी स्थापना गरिएको छ ।मन्त्रिपरिषद्को निर्णय अनुसार  पातारासी गाउँपालिकाको तल्फीगाउँमा प्रहरी चौकी स्थापना गरिएको हो ।

उक्त प्रहरी चौकीमा प्रहरी हवलदार सुरेन्द्रबहादुर बुढाको नेतृत्वमा पाँच जना प्रहरी कार्यरत कार्यरत रहेको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । यस्तै उनले भने प्रहरी चौकी स्थापनासँगै अपराधिक क्रियाकलाप नियन्त्रणमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले समाजमा हिंसा न्यूनीकरण एवं शान्ति सुरक्षा कायम गर्न नागरिक–प्रहरीबीचको सहकार्य आवश्यक रहेको बताइन् । त्यस्तै पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोराका अनुसार दुर्गम गाउँबस्तीमा असुरक्षा बढेको अवस्थामा प्रहरी चौकी स्थापना हुदा सहज भएको छ । यहाँ अब शान्ति सुरक्षा कायम हुने अपेक्षा गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चिनियाँ विदेशमन्त्री वाङ तीन दिने भ्रमणका लागि आज नेपाल आउँदै

१० चैत्र २०७८, बिहीबार १५:३३
काठमाडौँ।चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार नेपाल आउँदै छन्। उनी तीनदिनको औपचारिक भ्रमणका लागि काठमाडौँ आउन लागेका हुन्।उनी हाल दक्षिण एसियाली देशको भ्रमणमा छन्। पाकिस्तान तथा अफगानिस्तानको भ्रमण गरेका वाङ भारत हुँदै नेपाल आउन लागेका हुन्।परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा वाङको भ्रमण हुन लागेको हो। वाङको नेपाल बसाइको क्रममा दुई देशबीच भएका […]