सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन मतदान बिहान ८ बजेदेखि

कर्णाली अनलाइन ४ बैशाख २०७९, आईतवार ०४:२९

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वकाे लागि आइतबार हुन लागेकाे निर्वाचनकाे सबै तयारी पूरा भएकाे छ । बिहान ८ बजेदेखि हुन लागेकाे मतदानका लागि मतदान स्थलको तयारी पूरा भएको  निर्वाचन समितिले जनाएकाे हाे । मतदान वीरेन्द्रनगर नगरपालिका-६ मा रहेकाे सीटी हलमा ताेकिएकाे छ ।

एकै पटक २० जनाले मतदान गर्नेगरी मतदान स्थलमा बुथ बनाइएकाे निर्वाचन समितिका नन्दबहादुर भण्डारीले  जानकारी दिए । ‘मतदानका लागि सबै तयारी शनिवार नै सकेका छाैं, निर्धारित समयमै मतदान शुरु हुन्छ’ भण्डारीले भने,’निर्वाचनलाई मर्यादित र व्यवस्थित बनाउन १५ जनाकाे जनशक्ति खटिएकाे छ ‘

संघको १३ औं कार्यसमितिका लागि संघको नयाँ नेतृत्वका लागि वर्तमान कार्यसमितिका महासचिव लक्ष्मण कँडेल र वरिष्ठ उपाध्यक्ष हर्ष विक्रम खड्का चुनावी मैदानमा छन् । संघकाे नयाँ नेतृत्वका लागि २०५८ जना मतदाता रहेकाे निर्वाचन समितिले जनाएकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रेडियो धुर्वतारा एफएमका संस्थापक अध्यक्ष खड्काको निधन

४ बैशाख २०७९, आईतवार ०४:२९
दैलेख।दैलेखबाट प्रशारण हुने रेडियो धुर्वतारा एफएमका संस्थापक अध्यक्ष डम्बर खड्काको निधन भएको छ । खड्काको उपचारको क्रममा । आइतबार बिहान २ बजेको समयमा काठमाडौंमा निधन भएको हो ।दैलेखमा रहेको होटल होलिडे प्लाजा दैलेखका सञ्चालक खड्काको काठमाडौंको त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचारको क्रममा निधन भएको परिवारले जनाएको छ । खड्का […]

सम्बन्धित शीर्षक