दुधकोशी जलविद्युत् आयोजना परीक्षणको क्रममा पाइप फुट्दा दुई इञ्जिनियरको मृत्यु

कर्णाली अनलाइन १२ पुष २०७८, सोमबार ०५:५८
साकेतिक फोटो
साकेतिक फोटो

सोलुखुम्बु। सोलुखुम्बुमा निर्माण भइरहेको सोलुखोला दुधकोशी जलविद्युत् आयोजना परीक्षणको क्रममा दुई इञ्जिनियरको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्। टनेल पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप फुटेर दुर्घटना भएको हो।

मृत्यु हुनेमा माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इञ्जिनियर अछामका सुवास रेग्मी र काभ्रे घर भएका कन्सल्ट्यान्ट इञ्जिनियर अर्जुन थापा छन्। म्यानेजर मोहम्मद राइन गम्भीर घाइते छन्।

पाइपको विस्फोटन लगत्तै बेहोस भएका रेग्मी र थापालाई उपचारका लागि ओखलढुंगा अस्पताल लगिएको थियो। अस्पतालमा पु¥याउदा साथ चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको थियो। घटनामा हाइड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट म्यानेजर राइन  गम्भीर घाइते भएका छन्। घाइते राइनको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माछापुच्छ्रे बैंकको एटीएम मेशिनमा तोडफोड गर्ने युवक पक्राउ

१२ पुष २०७८, सोमबार ०५:५८
मोरङ। मोरङको विराटनगरस्थित माछापुच्छ्रे बैंकको एटीएम मेशिनमा तोडफोड भएको छ। एटीएम मेशिन तोडफोड गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार मोरङ रतुवामाई नगरपालिका ५ का पारस कालिकोटे बैंकको एटीएम तोडफोडका क्रममा पक्राउ परेका हुन्। विराटनगर महानगरपालिका ५ कञ्चनबारीस्थित बैंकको एटीएम […]