प्रदेश १ः हिक्मत कार्की मुख्यमन्त्री नियुक्त

कर्णाली अनलाइन २४ पुष २०७९, आईतवार २१:०१

मोरङ – नेकपा एमालेका नेता हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन्।उनको शपथ सोमबार प्रदेश प्रमुख परशुराम खापुङले गर्नेछन्।

उनलाई प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम आइतबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

कार्कीले ६० प्रदेशसभा सदस्यको समर्थनसहित आजै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। कार्की झापा ५ को (क)बाट प्रदेशसभा निर्वाचित भएका हुन्।उनलाई नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाले समर्थन गरेको छ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, नेकपा माओवादीका १३, राप्रपाका ६ र जसपाका एक सांसद छन्।सरकारबाहिर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २९ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ओली गर्जिएको देख्दा अचम्म लाग्यो: नेपाल

२४ पुष २०७९, आईतवार २१:०१
काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै संसद विघटन प्रधानमन्त्रीले लहडको भरमा गर्न नमिल्ने बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अध्यक्ष ओलीले प्रतिनिधि सभा विघटन गर्न पाइन्छ भनिरहेको भन्दै आपत्ति जनाए। उनले प्रतिनिधि सभा विघटन गर्न नपाउने भन्दै सरकारलाई प्रतिनिधि […]

सम्बन्धित शीर्षक