कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि,नाकामा उच्च निगरानी

कर्णाली अनलाइन २४ पुष २०८०, मंगलवार १०:०६

काठमाण्डाै।नेपालमा पनि कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी थालिएको छ । कोरोना पुष्टि भएका १६ जनाको जिनोम सिक्वेन्सिङ गर्दा ७ जनामा नयाँ भेरियन्टको सङ्क्रमण पाइएको हो ।

छिमेकी देश भारत र चीनसहित विश्वका विभिन्न देशमा यसअघि नै ओमिक्रोन भेरियन्टको परिवर्तित स्वरूप जेएन वान देखिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार नयाँ सबभेरियन्टको जोखिमलाई ख्याल गरी सीमा नाकाहरूमा आवश्यक स्क्रिनिङ र निगरानी गर्न थालिएको छ ।

प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्क र स्वास्थ्य कार्यालयहरूमार्फत् स्क्रिनिङ र निगरानी निरन्तर गर्न अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले सङ्क्रमितको उपचार व्यवस्थापनका लागि तयारी अवस्थामा रहन पनि अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई अनुरोध गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जेएन वान भाइरस तत्कालका लागि कम घातक तर तीव्र गतिमा फैलने जनाएको छ । यसको सङ्क्रमण हुँदा ज्वरो आउने, शरीर काम्ने, थकान महसुस हुने, नाकबाट पातलो पानी बग्ने, खोकी लाग्ने, घाँटी तथा टाउको दु:ख्ने र सास फेर्न अप्ठ्यारो हुनेलगायतका लक्षणहरू देखिन सक्ने डाक्टरले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले काठमाण्डौ, चितवन, पोखरा, धनगढीलगायतका सहरी क्षेत्रमा सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नयाँ भेरियन्टको सङ्क्रमण र यसको फैलावट रोक्न जनस्वास्थ्यका सबै मापदण्ड पालना गर्न अनुरोध गरेको छ । सकेसम्म भीडभाडमा नजान, भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न र साबुन पानीले हात धुन र अरुलाई पनि यी मापदण्ड पालना गर्न लगाउन भनिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सार्वजनिक रुपमै संचालनमा ल्यायो 'भिजिट कर्णाली यातायातले स्कारपियो गाडी'

२४ पुष २०८०, मंगलवार १०:०६
  सुर्खेत।कर्णाली प्रदेशमा भिजिट कर्णाली यातायात प्रालिले एसी हिटर लगजरी सिटसहितको स्कारपियो संचालनमा ल्याएको छ । नयाँ कम्पनी दर्ता गरेर समृद्ध कर्णालीको लागि पर्यटन, पर्यटनका लागि भिजिट कर्णाली नाराका साथ स्कारपियो सेवा सुरु गरेको छ।प्रदेशलाई पर्यटनको हब बनाई स्तरीय र भरर्दो यातायात सेवा दिन रातो नम्बर प्लेटका गाडीलाई सार्वजनिक सवारीका […]

सम्बन्धित शीर्षक