चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री खड्काबीच भेटवार्ता

कर्णाली अनलाइन १२ चैत्र २०७८, शनिबार ११:१५

काठमाडौँ। नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री डा.नारायण खड्काबीच भेटवार्ता भएको छ । आज परराष्ट्र मन्त्रालयमा दुई देशका समकक्षीबीच भेट भएको हो । भेटवार्तापछि द्धिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ ।

परराष्ट्रमन्त्री खड्कासँगको भेटपछि उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दै हुनुहुन्छ । चिनियाँ विदेशमन्त्री वाङले काठमाण्डौबाटै भर्चुअल रुपमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ ऋणमा निर्माण भएको हो ।

यस्तै, नेपाल र चीनबीच चिनियाँ राष्ट्रपतिको भ्रमणमा भएका सम्झौता कार्यान्वयनको अवस्थाको विषयमा विस्तृतमा छलफल हुने भएको छ । हिजो नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङले भोलि बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीसँगको भेटपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि उहाँ भोलि नै स्वदेश फर्कनुहुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आईपीएल आजदेखि : चेन्नई र कोलकाताबीच पहिलाे प्रतिस्पर्धा

१२ चैत्र २०७८, शनिबार ११:१५
काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल) को १५ औँ सिजनको सुरुवात आजदेखि सुरु हुँदैछ। उद्घाटन खेलमा गत विजेता चेन्नई सुपर किंग्स (सीएसके) र उपविजेता कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हँदैछ। चेन्नई र कोलकाताबीचको खेल बेलुकी ७.४५ देखि  वाङ्खडे स्टेडियममा सुरु हुनेछ। यो पटक चेन्नई र काेलकाताकाे कप्तानी नयाँ खेलाडीले गर्दै छन्। आसन्न […]