काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल बेल्जियम प्रस्थान

कर्णाली अनलाइन २३ चैत्र २०८१, शनिबार २०:४२

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल युरोपियन युनियनको निमन्त्रणामा आज बेल्जियम प्रस्थान गरेकी छन्।

बेल्जियममा हुने बैठक, छलफल, भेटघाट र अवलोकन भ्रमणमा सहरी विकास, विधायिकी र न्यायिक अभ्यास, स्थानीय शासन सम्बन्धी असल अभ्यासका विषयमा अनुभव आदान प्रदान गर्ने कार्यक्रम  ।

युनियनका दक्षिण एसियाली क्षेत्र हेर्ने विज्ञ र अधिकारीहरूसँग उनले अन्तर्राष्ट्रिय सहयोग, समन्वय र साझेदारीका अभ्याससँग सम्बन्धित विषयमा बैठक गर्नेछिन्।यसैगरी संसद सञ्चालन र विधायिकी अभ्यासका विषयमा संसद सदस्यहरूसँग छलफल हुनेछ।

यस्तै लक्जेम्बर्गमा स्थानीय न्यायिक अभ्यास, इजलास, मेलमिलाप र वैकल्पिक विवाद समाधान (अल्टरनेटिभ डिस्प्युट रिजोलेसन — ए. डि. आर.) को अभ्यास अवलोकन गर्ने कार्य तालिका छ।

स्थानीय तह (स्थानीय सरकार) का प्रतिनिधिहरूसँग सहरी विकास वितरण र व्यवस्थापन तथा स्थानीय शासन व्यवस्थापन र प्रवर्द्धनमा तहगत दायित्वका विषयमा कुराकानी हुनेछ।

यस क्रममा उनले काठमाडौं महानगरपालिकाका सम्भावना र असल अभ्यासका विषयमा जानकारी गराउने कार्यक्रम छ।

यस क्रममा रचनात्मक उद्योगसँग सम्बन्धित कार्यहरू, नेपाली सभ्यता, मौलिक र परम्परागत कला, संस्कार, संस्कृति र सांस्कृतिक सम्पदा गरिमासँग सम्बन्धित विषय समेटिनेछन्।

यस्तै लैंगिक मैत्री सहर निर्माणका प्रयास, स्थानीय विवाद समाधानमा महिला सञ्जालको गठन र सञ्चालन, वडास्तरीय मेलमिलाप कक्षसँग सम्बन्धित विषय समेटिनेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रवि लामिछानेको सांसद पद निलम्बन गरिएको विषय अन्तर्राष्ट्रियकरण गर्छौं: स्वर्णिम वाग्ले

२३ चैत्र २०८१, शनिबार २०:४२
सुर्खेत।राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन गरेको विषय अन्तर्राष्ट्रियकरण गर्ने बताएका छन्। शनिबार चितवनबाट रास्वपाले शुभारम्भ गरेको जनयात्रालाई सम्बोधन गर्दै उपसभापति वाग्लेले बदनीयतपूर्ण ढंगले सभापति लामिछानेको सांसद पद निलम्बन गरिएको भन्दै त्यस विषयलाई अन्तर्राष्ट्रिय फोरममा पुर्‍याउने बताएका हुन्। ‘यत्रो भारी मतले जितेको व्यक्तिको […]