कांग्रेस महाधिवेशन ३ घण्टा ढिलो गरी मतदान सुरु

कर्णाली अनलाइन २७ मंसिर २०७८, सोमबार ०७:४३

काठमाडौँ ।कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार बिहान भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा रहेका मतदान केन्द्रमा मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन कार्यतालिका भए पनि ३ घण्टा ढिलागरी मतदान सुरु भएको हो । कांग्रेसका पाका नेता कुलबहादुर गुरुङले पहिलो भोट खसालेसँगै मतदान प्रक्रिया सुरु भएको हो ।नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले सोमबार मतदान गर्दै छन् ।

उनीहरूको मतबाट सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् । यही टिमले आगामी तीन तहका निर्वाचनमा कांग्रेसको नेतृत्व गर्नेछ भने पाँच वर्षसम्म नेपाली राजनीतिलाई प्रभावित गर्नेछ ।

शीर्षस्थ नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । तर प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारीले प्रतिस्पर्धालाई पेचिलो बनाएको छ । सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच प्रतिस्पर्धा हुनेछ । त्यसैले सिंह र निधि पहिलो चरणलाई अनिर्णीत बनाउन सके दोस्रो चरणमा आफूहरूको भूमिका सार्थक हुनेमा आशावादी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस महाधिवेशन: फोटो -भिडियाे पत्रकारद्धारा 'क्यामरा डाउन'

२७ मंसिर २०७८, सोमबार ०७:४३
काठमाडौँ ।नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमबार मतदान प्रक्रियाको रिपोर्टिङका लागि गएका पत्रकारहरुमाथि दुर्व्यवहार भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालगायत कांग्रेसका सभापतिका उम्मेदवारहरूले मतदान गरेको तस्वीर तथा भिडियो खिच्न नपाएको भन्दै पत्रकारहरूले ‘क्यामरा डाउन’ गरेका छन्। फोटो–भिडियो खिच्ने क्रममा प्रहरीले बाहिर जान भन्दै दुव्र्यवहार गरेको पत्रकारहरूले आरोप लगाएका छन्। प्रहरीले […]