त्रिशूली ट्याक्सी दुर्घटना: मृतक पाँचै जनाकाे सनाखत

कर्णाली अनलाइन १७ चैत्र २०८०, शनिबार १०:४२

काठमाडौँ।आज (शनिबार) बिहान काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी चितवनस्थित त्रिशूली नदीमा खस्दा मृत्यु भएका पाँचै जना गोरखास्थित गोरखा नगरपालिकाको एकै वडाका बासिन्दा भएको प्रहरीले जनाएको छ।

मुग्लिन प्रहरीका अनुसार दुर्घटनामा उक्त ठेगनाका ट्याक्सी चालक ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार ४१ वर्षीया हरिमायां रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय र ९ वर्षीय आगमन रोकायको मृत्यु भएको हो।

एक यात्रु भने बेपत्ता छन्। उनी पनि गोरखा नगरपालिका–७ कै १८ वर्षीय दिवश रोकाय रहेको प्रहरीले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चट्याङ लागेर दैलेखमा एक जनाको मृत्यु

१७ चैत्र २०८०, शनिबार १०:४२
सुर्खेत । दैलेखमा शनिवार चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको भैरवी गाउँपालिका–६, तोरिमुलका १२ वर्षीय बालिका शर्मिला कँडेलको चट्याङ लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार चट्याङ परी घाइते भएकी शर्मिलाको दुल्लु अस्पतालमा उपचारका लागि पठाएको थियो।त्यहाँ उपचार सम्भव नहुने भएपछि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको […]