चट्याङ लागेर दैलेखमा एक जनाको मृत्यु

कर्णाली अनलाइन १७ चैत्र २०८०, शनिबार २०:४५

सुर्खेत । दैलेखमा शनिवार चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको भैरवी गाउँपालिका–६, तोरिमुलका १२ वर्षीय बालिका शर्मिला कँडेलको चट्याङ लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार चट्याङ परी घाइते भएकी शर्मिलाको दुल्लु अस्पतालमा उपचारका लागि पठाएको थियो।त्यहाँ उपचार सम्भव नहुने भएपछि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको अवस्था बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

यस्तै, शनिबार बेलुका कर्णालीका विभिन्न जिल्लामा चट्याङ, हावाहुरीसहित असिना पानी परेको थियो। हावाहुरी र असिना पानीले विषेशगरी गहुँ, जौ, तरकारी लगायत हिउँदे बालीनालीमा क्षति पुर्‍याएको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

त्रिभुवन विश्वविद्यालयको स्नातक तहका प्रश्नपत्र अब नेपाली भाषामा पनि

१७ चैत्र २०८०, शनिबार २०:४५
काठमाण्डौ।त्रिभुवन विश्वविद्यालयले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको अस्ति बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको हो । आउँदो पहिलो वर्षको परीक्षादेखि अनिवार्य रूपमा यो व्यवस्था लागू गर्ने र […]