काठमाडौँ।नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रकाउ परेका सबै १२ जनालाई अदालतमा पेश गरिएको छ।आइतबार प्रहरीले जिल्ला अदालत काठमाडौँमा पेश गरेको हो। उनीहरुलाई अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा पेश गरिएको हो।
प्रकाउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डेसहित १२ जनालाई नै अदालतमा पेश गरिएको छ। अहिलेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा १२ जना पक्राउ परिसकेका छन्।
पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राईलगायत उच्चपदस्थ व्यक्तिहरुसमेत यस प्रकरणमा पक्राउ परेका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले हाइप्रोफाइल व्यक्तिमाथिको अनुसन्धान जारी छ। भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो। उनीहरूलाई पक्राउ गरेको तीन दिनपछि मोरङका सागर राईलाई पनि प्रहरीले पक्राउ गरेको थियो।
प्रहरीले पक्राउ परेकाहरुको बयानका आधारमा सो प्रकरणमा संलग्न अन्यलाई समेत पक्राउ गरिरहेको छ। साथै पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि नियन्त्रणमा लिएको छ।
यही प्रकरणमा मुछिएको पाएपछि पक्राउ पूर्जी जारी हुँदा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार छन्। उनलाई प्रहरीले खोजिरहेको छ।