मन्त्री किराँतीको राजीनामा माग्दै काठमाडौँमा प्रदर्शन

कर्णाली अनलाइन ९ पुष २०८०, सोमबार १९:४५

 

काठमाडौँ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ।

नेपाल सनातन धर्म संस्कृति संगठनले मन्त्री किराँतीको राजीनामा माग्दै विरोध र्‍यालीसहित प्रदर्शन गरेको हो। र्‍याली गौशालाबाट मध्यबानेश्वरसम्म निकालिएको थियो।

मन्त्री किराँतीले केही दिनअघि इसाई धर्म नमान्नेहरु देशद्रोही भएको अभिव्यक्ति दिएपछि चौतर्फी विरोध भइरहेको छ। प्रदर्शनमा सहभागीहरुले ‘विभेदकारी मन्त्री किराँती’लाई कारबाही गर्न माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मङ्गलबार प्रधानमन्त्री ‘प्रचण्ड’ले राष्ट्रका नाममा सम्बोधन गर्ने

९ पुष २०८०, सोमबार १९:४५
काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि (मङ्गलबार) अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। वि.सं २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री दाहालले आफू नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखी […]