मोबाइल बैंकिङ के हो ? ध्यान दिनुपर्ने कुराहरु ?

कर्णाली अनलाइन ४ बैशाख २०७९, आईतवार १५:०५

काठमाडौं। हामी अहिले विद्युतीय युगसँगै अगाडि बढिरहेका छौं। अहिले हामी सबैको हातमा प्राय स्मार्ट फोन हुने गर्छ। प्रविधिको यो फड्कोले बैंक तथा वित्तीय संस्थासँग हामीले गर्ने व्यवहार र सहकार्यमा समेत परिवर्तन ल्याएको छ। अनलाइन कारोबार गर्ने ग्राहकको संख्या बढेसँगै नेपालमा अहिले मोबाइल बैंकिङको प्रयोग कर्ताको संख्या बढ्दै गइरहको छ।

पछिल्लो समय बैंकिङ कारोबार सहज बन्दै गइरहेको छ। बैंकमा लाग्नु पर्ने पट्यारलाग्दो लाइनबाट ग्राहकहरुले उन्मुक्ति पाउन थालेका छन्। मोबाइल बैंकिङको माध्यमबाट कारोबार गर्ने ग्राहकको संख्यामा उल्लेख्य वृद्धि भएको छ। मोबाइल बैंकिङ प्रयोग गर्दा काम छिटो छरितो ढंगबाट हुने भएकाले यसको प्रयोग बढिरहेको छ।

अनलाइन बैंकिङको माध्यमबाट बिल तिर्नुका साथै पैसा ट्रान्सफर गर्न समेत सकिन्छ। यसले मानिसको दैनिकीलाई नै सहज बनाइरहेको छ। मोबाइल बैंकिङको सुरुवात नेपालमा पहिलो पटक २०६१ सामोबाइल अर्थात ट्याबलेट बैंकिङकै एउटा रुप हो। मोबाइल बैंकिङलाई ‘नेट बैंकिङ’ भनेर पनि चिन्ने गरिन्छ। यसैबीच आज हामी तपाईँलाई मोबाइल बैंकिङ के हो ? यसले दिने सेवा सुविधा र मोबाइल बैंकिङ प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरूको बारेमा चर्चा गर्दैछौं :

मोबाइल बैंकिङ भनेको के हो ?

मोबाइल बैंकिङ भनेको बैंक वा अन्य वित्तीय संस्थाले उपलब्ध गराएको सेवा हो जसले आफ्ना ग्राहकहरूलाई स्मार्टफोन वा ट्याब्लेट जस्ता मोबाइल यन्त्र प्रयोग गरेर वित्तीय कारोबार गर्न अनुमति दिन्छ। इन्टरनेट बैंकिङसँग सम्बन्धित नभई यसले सफ्टवेयर प्रयोग गर्छ, जसलाई सामान्यतया एप भनिन्छ। यस उद्देश्यका लागि वित्तीय संस्थाले उपलब्ध गराउँछ। मोबाइल बैंकिङ सामान्यतया चौबिसै घण्टा उपलब्ध रहने गर्छ। मोबाइल बैंकिङमार्फत खाता खोल्न सकिने केही वित्तीय संस्थाहरूमा प्रतिबन्धका साथै कारोबार गर्न सकिने रकमको पनि सीमा तोकिएको छ।

मोबाइल बैंकिङ सेवा कसरी लिने ?

यो सेवा भएका हरेक बैंकहरूले खाता खोल्नुभन्दा पहिला नै यो सेवा लिने कि नलिने भनेर सोध्छन्। लिने भने पनि एउटा फर्म भर्नुपर्छ। त्यसमा मोबाइल नम्बर समेत राखेर भरेपछि उनीहरूले म्यासेज गरिदिन्छन्। त्यो म्यासेजमा कोड नम्बर पठाइदिएको हुन्छ। स्मार्ट फोनमा मोबाइल वालेटको एप्लिकेसन डाउनलोड गरेर राख्नुपर्छ। यदि मोबाइल वालेटको सुविधा लिने हो भने एप्लिकेसनमा गएर रजिस्ट्रेसन लेखेको ठाउँमा गएर दर्ता गर्न सकिन्छ वा वेबसाइटमा गएर दर्ता गर्न सकिन्छ।

मोबाइल बैंकिङका फाइदाहरू ?

  • आफ्नो खातामा पैसा कति छ भनेर जाँच गर्न सकिन्छ। यति मात्र हैन आफूले गरेको कारोबारको जानकारी पनि मोबाइलबाटै पाउन सकिन्छ।
  • हातमा भएको पैसा लगेर राख्ने बाहेक पैसाको कारोबारको लागि बैङ्कसम्म पुगिराख्नु पर्दैन। जस्तै यदि कसैलाई पैसा पठाइदिनुपर्ने भएमा एउटा म्यासेज गरेर पठाउन सकिन्छ।
  • पानी तथा बिजुलीको पैसा तिर्ने सकिन्छ।
  • बैंकहरूमा रकम पठाउन, विदेशबाट पठाएको रकम पाउन, आदि विभिन्न सुविधा पाउन सकिन्छ। आदी

मोबाइल बैंकिङ चलाउँदा ध्यान दिनुपर्ने कुराहरू ?

  • आफ्नो मोबाइल लक गरेर राख्ने। जसले तपाइको मोबाइल बैंकिङको गलत प्रयोग हुनबाट जोगाउँछ।
  • मोबाइल बैंकिङको पिन कसैलाई नदिने र समय समयमा पिन परिवर्तन गरिरहनु पर्छ।
  • आफूले प्रयोग गर्ने इमेल वा फोन नम्बरको प्रयोग गरेर मोबाइल बैंकिङको सुविधा लिन सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पल शाहविरुद्ध नाबालिगले फेरिन् बयान

४ बैशाख २०७९, आईतवार १५:०५
काठमाडौँ ।बलात्कार प्रकरणमा पक्राउ परेका पल शाहविरुद्ध नाबालिगले अदालतमा बयान फेरेकी छन्।उनले आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा जाहेरीमा उल्लेख गरिएका विवरण सत्य नभएको बताएकी हुन्। तनहुँ अदालत स्रोतका अनुसार नाबालिग महिलाले आफूलाई अरुले उक्साएर जाहेरी दिन बाध्य बनाएको बताएकी छन्।अदालतमा बयान फेरेसँगै उनलाई प्रभावमा पारेर बयान फेर्न लगाइएको […]