चौकुने गाउँपालिकामा बन रक्षक मृत फेला

कर्णाली अनलाइन १२ मंसिर २०७८, आईतवार १०:०९

सुर्खेत। चौकुने गाउँपालिका–४ स्थित बिजौरा पोष्टका बन रक्षक मृत अवस्थामा भेटिएका छन् । वीरेन्द्रनगर नगरपालिका–१२ घर भएका ४५ वर्षीय महानन्द आचार्य मृत अवस्थामा फेला परेको सुर्खेतका एसपी राजेन्द्र भट्टले  बताए ।

चौकुने गाउँपालिका–४ स्थित भुडेभाबरमा रहेको कुलु कर्णाली सामुदायिक बनका अध्यक्ष गंगाराम बिसीको घरमा उनी मृत भेटिएका हुन् । बिहान मृत अवस्थामा भेटिएपछि बिसीले प्रहरीलाई खबर गरेका थिए । मृतकको शव पोष्टमार्टमका लागी अस्पताल पठाइएको र घटनाबारे छानबिन भइरहेको एसपी भट्टले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सेयरबजार ८० अंकले घट्यो, ५ अर्व ८३ करोडको कारोबार

१२ मंसिर २०७८, आईतवार १०:०९
काठमाडौँ।साताको पहिलो दिन आइतबार सेयर बजार ओरालो लागेको छ। आज सेयर बजार ८०.२९ अंकले ओरालो लागेको हो।सेयर बजार ८०.२९ अंकले ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय ५१.४९ विन्दुमा सीमित भएको छ। आज १ करोड १९ लाख ३ हजार २०२ कित्ता सेयर ५ अर्ब ८३ करोड ५१ लाख ३५ […]