अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परेर कम्तिमा २६ जनाको मृत्यु

कर्णाली अनलाइन ४ माघ २०७८, मंगलवार ०६:५२

काठमाडौं । अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परेर कम्तिमा २६ जनाको मृत्यु भएको छ।

पश्चिमी अफगानिस्तानमा ५ दशमलब ९ म्याग्निच्युडको भूकम्प जाँदा अन्य दर्जनौं घाईते भएका छन्। भूकम्पबाट बादघिज प्रान्तको क्वादिस जिल्ला सबैभन्दा बढी प्रभावित छ।

घर भत्किएर पुरिँदा अधिकांश व्यक्तिको मृत्यु भएको हो। ‘पाँच महिला, चार बालबालिकासहित २६ जनाको मृत्यु भएको छ,’ बादघिज प्रान्तका प्रवक्ता बाज मोहमदा सरवारेले भने।

भूकम्पबाट सोही प्रान्तको मुक्र जिल्ला पनि प्रभावित भएको प्राप्त विवरणहरुमा जनाइएको छ। भूकम्पले पुयाएको क्षतिको वृस्तिृत विवरण सार्वजनिक हुन बाँकी नै छ।

यसअघि नै आर्थिक संकटको सामना गरेको अफगानिस्तानमा भूकम्पका कारण थप संकट निम्तिएको बताइएको छ। क्वादिस जिल्ला यसअघि पनि खडेरीका कारण प्रभावित भएको थियो।

भूकम्पको असर पाकिस्तान र भारतसम्म महशुस गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुसले जुनसुकै बेला युक्रेनमाथि आक्रमण गर्न सक्ने अमेरिका

४ माघ २०७८, मंगलवार ०६:५२
काठमाडौं ।  रुसले जुनसुकै बेला युक्रेनमाथि आक्रमण गर्न सक्ने अमेरिकाले दाबी गछ। रुसले युक्रेन सीमामा ठूलो संख्यामा सेना परिचालन गरेको उल्लेख गर्दै  ह्वाइट हाउसका प्रवक्ता जेन साकीले यस्तो दाबी गरेकी हुन्। ‘युक्रेनको हालत अत्यधिक खतरनाक देखिएको छ,’ उनले भनेकी छन्।  अमेरिकी विदेश मन्त्री एन्टोली ब्लिंकनले मंगलबार यस मुद्दामा रुसी समकक्षी […]