वाग्मती प्रदेशमा बर्ड फ्लुको सङ्क्रमण फैलियो

कर्णाली अनलाइन १० चैत्र २०७८, बिहीबार ०५:११

काठमाडौँ। वाग्मती प्रदेशमा बर्डफ्लुको सङ्क्रमण फैलिएको छ । वाग्मती प्रदेशका काठमाण्डौ उपत्यकासहित चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्ड फ्लु देखिएको हो ।बर्ड फ्लुका कारण ६ जिल्लामा गरी तीन करोड रुपैयाँभन्दा धेरैको क्षति भएको अनुमान गरिएको वाग्मती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले जानकारी दिनुभयो । प्रदेशमा माघ १६ गतेदेखि सङ्क्रमण देखिएको थियो ।

सङ्क्रमण देखिएका ठाउँमा पूर्णरूपमा निःसङ्क्रमणका कार्य गरिएको र अन्यत्र फैलन नदिन नमुना सङ्कलन र निगरानी भइरहेको समेत मन्त्रालयका सचिव पाण्डेले जानकारी दिनुभयो । उहाँले किसानलाई सतर्क रहन आग्रह गर्नुभएको छ । साथै क्षति बेहोरेका किसानलाई सङ्घीय र स्थानीय सरकारसँगको सहकार्यमा क्षतिपूर्ति दिने तयारी भइरहेको पनि उहाँले बताउनुभयो ।

वाग्मतीका ६ जिल्ला बाहेक मोरङ, सुनसरी, उदयपुर, कास्की, पर्सालगायतका जिल्लामा पनि बर्ड फ्लु देखिएको पशु सेवा विभागले जनाएको छ ।विभागका प्रवक्ता डा. चन्द्र ढकालका अनुसार अहिलेसम्म सङ्क्रमण नियन्त्रणमा रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा घट्दै क्षयरोगका विरामी, सक्रिय बिरामी ७३९ जना मात्रै

१० चैत्र २०७८, बिहीबार ०५:११
सुर्खेत ।कर्णाली प्रदेशमा पछिल्लो तीन वर्षको तथ्यांक हेर्ने हो भने क्षयरोगका बिरामी घट्दै गएका छन् । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले दिएको तथ्यांकले कर्णालीमा क्षयरोग घट्दै गएको देखाएको हो । आर्थिक वर्ष २०७४/०७५ मा क्षयरोगका बिरामीको संख्या एक हजार ६ सय ३२ रहेकोमा आर्थिक वर्ष २०७/०८९ को ६ महिनामा बिरामीको संख्या […]

सम्बन्धित शीर्षक