रुकुम पश्चिम : श्रीमतीकाे घाँटी थिचेर हत्या गरेकाे आराेपमा श्रीमान् पक्राउ

कर्णाली अनलाइन १९ पुष २०७८, सोमबार १०:५९

रुकुम पश्चिम।रुकुम पश्चिममा श्रीमतीकाे हत्या गरेकाे आराेपमा श्रीमान् पक्राउ परेका छन् ।बाँफिकोट गाउँपलिका-९ की २६ वर्षकी कमला खनालकाे हत्या आराेपमा उहाँका श्रीमान् दिपक खनाल भन्ने दलजित खनाल पक्राउ परेका हुन् ।

गएकाे शुक्रवार राति आफ्नै काेठामा झुण्डिएकाे अवस्थामा कमलाकाे शव फेला परेकाे थियाे । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले अनुसन्धानका क्रममा दलजितले घाँटी थिचेर श्रीमतीकाे हत्या गरेकाे खुल्न आएकाे बताउनु भएकाे छ ।

खनालले रक्सी खाएर श्रीमतीकाे हत्या गरी सलले झुण्याइ दिएकाे बयान दिएका प्रहरी निरीक्षक शर्माले बताउनुभयाे ।जिल्ला अदालत रुकुमबाट १० दिनको म्याद लिइ घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेप्से ३२ अङ्कले बढेर २६ सय विन्दु नाघ्यो, कारोबार रकम साढे चार अर्ब रुपैयाँभन्दा धेरै

१९ पुष २०७८, सोमबार १०:५९
काठमाडौँ।शेयर बजार बजार परिसूचक नेप्से आज साेमवार पनि बढेको छ । हिजो आइतवार ६० अङ्कले बढेको नेप्से आज ३२ दशमलव शून्य तीन अङ्कले बढेर दुई हजार ६ सय १६ दशमलव ९४ विन्दुमा पुगेको छ । आज उत्पादनबाहेक सबैजसो समूहको शेयर बढेको छ । माइक्रोफाइनान्स समूहको शेयर एक सय ४५ अङ्कले, […]