सुर्खेतबाट कालिकोटतर्फ जादैँ गरेको बोलेरो जीप दैलेखमा दुर्घटना

१४ जना घाइते, दुईको अवस्था गम्भीर

कालिकोट संवाददाता २० चैत्र २०७९, सोमबार १६:०४

दैलेख।दैलेखमा बोलेरो जीप दुर्घटना भएको छ। सोमबार दिउँसो १ ज ५५  नम्बरको उक्त जीप आठबिस नगरपालिका–१ डाब नजिक कर्णाली राजमार्गमा दुर्घटना भएको हो। सुर्खेतबाट कालिकोट नरहरिनाथ गाउँपालिकाको लागि छुटेको उक्त जीपमा  सवार १४ जना नै घाइते भएको प्रहरीले जनाएको छ।

जीपको ब्रेक फेल भएर सडकबाट ५० मिटर तल खसेको छ। घाइते २ जनाको अवस्था गम्भीर रहेको र बाँकी १२ जनाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ। गम्भीर घाइतेहरुलाई उद्धार गरी सुर्खेततर्फ पठाउने पहल भइरहेको छ।

घाइते हुनेमा जिल्ला कालिकोट नरहरिनाथ गाउँपालिका–५ बस्ने ७ वर्षीय भिष्ण बोगटी, ३३ वर्षीया दुर्गा बोगटी, ७ वर्षीया प्रतिक्षा बटला, त्रिबेणी गाउँपालिका–२ बस्ने १४ वर्षीय सरद विष्ट, नरहरिनाथ–५ बस्ने २० वर्षीया मनिषा बोगटी, सोही पालिका ८ नम्बर वडामा बस्ने ५५ वर्षीया गोपिकला विष्ट, ७ नम्बर वडाकी ७ वर्षीय बसन्त बुढा, ६ वर्षीय अखिल बुढा, ६ वर्षीय राजकुमार बोगटी रहेका छन्।

यस्तै, नरहरिनाथ गाउँपालिका–५ कै ६ वर्षीया स्वस्तिका बोगटी, १२ वर्षीया कल्पना सहकारी, ५ वर्षका भुवन बटाला, सोही पालिका–५ बस्ने १२ वर्षीय शुवास सहकारी र जीप चालक नरहरिनाथ–७ का २४ वर्षीय धन बहादुर बटाला घाइते भएको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रवि लामिछानेको राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध भोलि सुनुवाइ हुने

२० चैत्र २०७९, सोमबार १६:०४
काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्धको रिटमा मंगलबार सुनुवाइ हुने भएको छ। आइतबार अधिवक्ता युवराज पौडेल (सफल)ले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट पेश गरेका थिए। सर्वाेच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले भाेलि सुनुवाइ हुने जानकारी दिए। पौडेलले नै यसअघि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै […]