जुम्लामा वडाध्यक्षले कुटे प्रधानाध्यापक

कर्णाली अनलाइन २ पुष २०७९, शनिबार २१:०२

जुम्ला। जिल्लाको तिला गाउँपालिका–८ जुम्ला पुरु गाउँस्थित देवी देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक कल्से बस्नेतमाथि सोही वडाका जनप्रतिनिधिले कुटपिट गरेका छन्।

उक्त वडाका अध्यक्ष आँसे बस्नेतले प्रधानाध्यापकमाथि कुटपिट गरेका हुन्। विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि चुनाव गर्ने विषयमा स्कुल नजिक पुग्दै गर्दा वडाध्यक्षसहित उनका दुई छोरा तिलक र सागर (सुरज) बस्नेतले आक्रमण गरेको प्रधानाध्यापक बस्नेतले जानकारी दिए।

‘विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छान्नका लागि सातौँपटक बैठक बस्दा पनि सहमति हुन सकेन,’ प्रधानाध्यापक बस्नेतले भने, ‘उनीहरूले चुनाव गर्नैपर्छ भनेपछि शुक्रबार चुनावको तयारी थियो। तर वडाध्यक्षले मदिरापान गरेर ममाथि हातपात गरे र उनका दुई छोरा अझ बढी कुटपिट गरेका कारण घाइते भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भर्ना भएको छु।’

दायाँ छाती, टाउको, चिउँडो, आँखा, नाक, कान र दाँतमा चोट लागेको पीडितले बताए। प्रधानाध्यापक बस्नेतका अनुसार वडाध्यक्षको समूहले अस्थायी तथा करारमा रहेका शिक्षकलाई प्रधानाध्यापक बनाउन दबाब दिँदै आएका छन्। उनीहरूले गर्ने दादागिरीले आफूलाई गाउँमा बस्न सुरक्षा चुनौती भएको उहाँले दुःखेसो गरे।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रामेछापमा जिप दुर्घटना हुँदा ११ घाइते

२ पुष २०७९, शनिबार २१:०२
रामेछाप ।रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीमा आज अपराह्न बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए। लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँबाट उमाकुण्ड–७ भुजीतर्फ जाँदै गरेको बा ११ च ७५९२ नंको उक्त बलेरो एकराते पहरो […]

सम्बन्धित शीर्षक