सेनाको हेलिकोप्टर दुर्घटनापछि:भारतीय प्रधानमन्त्री मोदीले बोलाए आकस्मिक बैठक

कर्णाली अनलाइन २२ मंसिर २०७८, बुधबार १०:२९

नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आकस्मिक बैठक बोलाएका छन्। भारतको तमिलनाडुस्थित निलगिरिस जिल्लाको कुन्नूरमा भएको सेनाको हेलिकोप्टर दुर्घटनापछि मोदीले आकस्मिक बैठक बोलाएका हुन्।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले वायुसेनाको हेलिकप्टर दुर्घटना हुनासाथ मोदीलाई जानकारी दिएका थिए। यसपछि मोदीले आपतकालीन बैठक बोलाएका छन्। सीडीएस विपिन रावतलाई गम्भीर अवस्थामा अस्पताल लगिएको बताइएको छ।

वायुसेनाले दुर्घटनाको कारण थाहा पाउन छानबिन गर्न आदेश दिइएको छ। घटनास्थलबाट चार जनाको शव फेला परेको छ। घाइते तीन जनालाई अस्पतालमा भर्ना गरिएको छ।

चिफ अफ डिफेन्स स्टाफ जनरल भारतीय सेनाप्रमुख विपिन रावत आफ्ना स्टाफ र परिवारका सदस्यहरूसँग हेलिकोप्टरमा थिए। दुर्घटनामा परेको सेनाको हेलिकोप्टर एमआई सिरिजको हो। यसमा दुईवटा इन्जिन छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

२२ मंसिर २०७८, बुधबार १०:२९
काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय महाधिवेसनको तयारीका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ।बिहिबार बिहान ११ बजे बस्ने माओवादी केन्द्रको स्थायी कमिटी बैठकले ११–१३ पुसमा तय भएको सम्मेलनबारे निर्णय लिनेछ। २५-२६ मंसिरमा प्रदेश सम्मेलन आयोजना गर्न लागेको माओवादीले यसअघि वडा र स्थानीय तहका सम्मेलन सम्पन्न गरिसकेको छ।

सम्बन्धित शीर्षक