डोटीको मन्दिरमा चढाइएको २८ वर्ष पुरानो घण्ट चोरी

कर्णाली अनलाइन २० फाल्गुन २०७८, शुक्रबार ०६:५९

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायल बासुधारामा रहेको दुर्गा भगवती मन्दिरमा चढाइएको २८ वर्ष पुरानो घण्ट चोरी भएको छ ।

दिपायल सिलगढी नगरपालिका–१ तिखा गाउँका स्थानीयवासी दत्तुसिंह खड्काले विसं २०५० सालमा चढाउनुभएको कम्तीमा पनि ४५ किलाेको घण्ट चोरी भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख एवम् प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यही फागुन १८ गते बुधवार राति मन्दिरको घण्ट चोरी भएको खबर आएको छ, खोजीका लागि प्रहरी टोली परिचालन गरेका छौँ, कसले र किन चोरको हो भन्ने यकिन गर्न सकिएको छैन ।’

मन्दिरमा चढाइएको घण्ट चोरी भएको घटना डोटीमा पहिलो पटक भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला बाहिरबाट सामान बिक्रीका लागि आउने व्यक्तिहरूले मन्दिरको घण्ट चोरेको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालाजु  ढुङ्गेधारा चोक नजिकै रहेको तरकारी बजारमा आगलागी

२० फाल्गुन २०७८, शुक्रबार ०६:५९
काठमाण्डौं। बालाजु  ढुङ्गेधारा चोक नजिकै रहेको तरकारी बजारमा आगलागी भएको छ ।गएराति सवा १२ बजे लागेको आगलागीबाट त्यहाँ रहेका ६० देखि ७० वटा पसलमा नोक्सानी भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार ६० देखि ७० वटा स्टल रहेको एउटा टहरोमा आगो लागेको हो । आगो पाँच वटा दमकलको […]