भरतपुरमा रेनु दाहालको जित सुनिश्चित

कर्णाली अनलाइन १० जेष्ठ २०७९, मंगलवार ०१:१७

काठमाडौँ ।चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनतर्फकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालको जित सुनिश्चित भएको छ।महानगरपालिकामा जम्मा तीन हजार मत गन्न बाँकी हुँदा प्रमुखमा दाहाल १२ हजार १४ मतले अगाडि भइ जित सुनिश्चित गरेकी हुन्।

निर्वाचन कार्यालयका अनुसार मेयरमा रेनु दाहालको ५० हजार ३१० मत ल्याएकी छन्।यता, उपमेयरमा गठबन्धनतर्फकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले पनि गन्न बाँकी मतभन्दा धरै मतले अग्रता कायम गरी जित पक्का गरेका हुन्। उनले ५१ हजार १२९ मत ल्याएका छन्।

दुवै उम्मेदवारले मत ५० हजार कटाएका छन्।यस्तै, मेयर पदका अर्का उम्मेदवार एमालेका विजय सुवेदीको ३८ हजार ३९६ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १४ हजार ७०५ मत छ।भरतपुर महानगरपालिकामा कुल मतदाता एक लाख ८५ हजार रहेकोमा एक लाख २७ हजार ८३९ मत खसेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

७५३ स्थानीय तहमध्ये ७३४ वटा स्थानीय तहको नतिजा सार्वजनिक

१० जेष्ठ २०७९, मंगलवार ०१:१७
सुर्खेत। देशभरका ७ सय ५३ वटा पालिकामध्ये अहिलेसम्म ७ सय ३४ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । २ सय ७५ नगरपालिका र ४ सय ५९ गाउँपालिका गरी ७ सय ३४ पालिकाको नतिजा सार्वजनिक भएको हो । अब १९ वटा पालिकाको मतपरिणाम आउन बाँकी छ । सार्वजनिक नतिजा अनुसार कांग्रेसले […]

सम्बन्धित शीर्षक