७५३ स्थानीय तहमध्ये ७३४ वटा स्थानीय तहको नतिजा सार्वजनिक

अब १९ वटा पालिकाको मतपरिणाम आउन बाँकी

कर्णाली अनलाइन १० जेष्ठ २०७९, मंगलवार ०१:४५

सुर्खेत। देशभरका ७ सय ५३ वटा पालिकामध्ये अहिलेसम्म ७ सय ३४ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । २ सय ७५ नगरपालिका र ४ सय ५९ गाउँपालिका गरी ७ सय ३४ पालिकाको नतिजा सार्वजनिक भएको हो । अब १९ वटा पालिकाको मतपरिणाम आउन बाँकी छ ।

सार्वजनिक नतिजा अनुसार कांग्रेसले अहिलेसम्म ३ सय २१ वटा पालिकाको प्रमुख पद जितेर पहिलो पार्टी बनेको छ । यस्तै दोस्रोमा रहेको नेकपा एमालेले २ सय वटा पालिकाको प्रमुख पद जितेको छ । उसले ७७ वटा नगरपालिका र १ सय २३ वटा गाउँपालिकामा प्रमुख जितेको हो ।

तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले २४ वटा नगरपालिका र ९६ वटा गाउँपालिका गरी १ सय २० वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै, जनता समाजवादी पार्टीले २९, नेकपा एकीकृत समाजवादीले १९ र लोकतान्त्रिक समाजवादी पार्टीले १५ वटा पालिकाको प्रमुख पद जितेका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले चार–चार वटा पालिकाको प्रमुख पद जितेका छन् ।

यस्तै, जनमत पार्टीले दुई तथा नेपाल मजदुर किसान, विवेकशिल साझा, तमलोपा र जनप्रगतिशील पार्टीले एक–एक वटा पालिकाको प्रमुख जितेका छन् । स्वतन्त्र उम्मेदवारले १२ वटा पालिकाको पालिकाको प्रमुख पद जितेका छन् ।

मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्षमा दलगत विवरण

नेपाली कांग्रेस  
मेयर/अध्यक्ष–३ सय २१
उपमेयर/उपाध्यक्ष–२ सय ९५

नेकपा एमाले 
मेयर/अध्यक्ष–२ सय
उपमेयर/उपाध्यक्ष–२ सय २८

माओवादी केन्द्र
मेयर/अध्यक्ष–१ सय २०
उपमेयर/उपाध्यक्ष–१ सय २८

जसपा
मेयर/अध्यक्ष–२९
उपमेयर/उपाध्यक्ष–३०

एकीकृत समाजवादी
मेयर/अध्यक्ष–१९
उपमेयर/उपाध्यक्ष–२१

लोसपा
मेयर/अध्यक्ष–१५
उपमेयर/उपाध्यक्ष–११

राप्रपा
मेयर/अध्यक्ष–४
उपमेयर/उपाध्यक्ष–४

जनमोर्चा
मेयर/अध्यक्ष–४
उपमेयर/उपाध्यक्ष–३

नागरिक उन्मुक्ति पार्टी
मेयर/अध्यक्ष–४
उपमेयर/उपाध्यक्ष–३

जनमत पार्टी
मेयर/अध्यक्ष–२
उपमेयर/उपाध्यक्ष–१

मजदुर किसान पार्टी
मेयर/अध्यक्ष–१
उपमेयर/उपाध्यक्ष–१

तमलोपा
मेयर/अध्यक्ष–१

जनता प्रगतिशील पार्टी
मेयर/अध्यक्ष–१
उपमेयर/उपाध्यक्ष–१

विवेकशील साझा
मेयर/अध्यक्ष–१
उपमेयर/उपाध्यक्ष–१

स्वतन्त्र 
मेयर/अध्यक्ष–१२
उपमेयर/उपाध्यक्ष–४


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भरतपुरको मेयरमा रेनु दाहाल १२ हजार मत अन्तरले विजयी

१० जेष्ठ २०७९, मंगलवार ०१:४५
चितवन।चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल विजयी भएकी छन् । उनी ५२ हजार ३० मतसहित दोस्रो कार्यकालका लागि मेयर पदमा विजयी भएकी हुन् ।माओवादी केन्द्रकी केन्द्रीय सदस्य दाहाल २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै मेयर चुनिएकी थिइन् । यसपटक पनि उनले एमाले उम्मेदवार विजय सुवेदीलाई […]