गभर्नर महाप्रसाद अधिकारीको मुद्दाको पेशी आज

कर्णाली अनलाइन १५ बैशाख २०७९, बिहीबार ०४:३७

काठमाडौँ ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ आज हुँदैछ।बुधबार सुनुवाइ नसकिएकोले हेर्दाहेर्दैमा रहेको रिट निवेदनको सुनुवाइ आज हुन लागेको हो।

न्यायाधीशहरु सपना प्रधान मल्ल र टंकप्रसाद मोक्तानको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भएपनि समय अभावका कारण बिहीवारका लागि हेर्दाहेर्दैमा राखिएको थियो।गभर्नर अधिकारीले बिनाकारण आफूमाथि छानबिन समिति गठन गरिएको भन्दै गत वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।गत वर्षको चैत्र २५ गते बसेको मन्त्रिपरिषद्ले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेसँगै उनी निलम्वनमा परेका थिए।

न्यायाधीश हरिप्रसाद फुँयालको वैशाख ६ गतेको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएसँगै गभर्नर अधिकारी काममा फर्किएका हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अछाममा धारिलो हतियार प्रहारबाट चार जना घाइते

१५ बैशाख २०७९, बिहीबार ०४:३७
अछाम।चक्कु प्रहारबाट अछाममा चार जना घाइते भएका छन्।जिल्लाको ढकारी गाउँपालिका–१ का मानबहादुर बुढा, हिक्मतबहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढामाथि गएराति चक्कु प्रहार भएको हो।स्थानीय तपेन्द्र बुढा लगायत १० जनाको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरीले कार्यालय अछामले जनाएको छ। स्थानीयको बिहे भोजमा मदिरा […]