यातायात कार्यालयमा सेवाग्राहीलाई तानातान गर्ने नौ बिचौलिया पक्राउ

कर्णाली अनलाइन १२ पुष २०७८, सोमबार ११:२७

काठमाण्डाै।  काठमाण्डौको चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ गुर्जुधाराको यातायात व्यवस्था कार्यालयबाट शङ्कास्पद नाै जना बिचौलिया पक्राउ परेका छन् ।लाइसेन्स, ब्लु–बुकलगायतका कागजातको राजस्व तिर्न गएका सर्वसाधारणलाई लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिएर छिटोछरितो काम गरिदिने आश्वासन दिएर तानातान गर्दै हैरानी बनाउने नाै जनालाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

छिटोछरितो काम गरिदिन्छु भनेर बढी दस्तुर लिएर तानातान गरेको भन्ने सेवाग्राहीको गुनासोको आधारमा महानगरीय प्रहरी परिसर काठमाण्डौको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोटमा राखिएको छ ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महामन्त्री थापाद्धारा 'भरोसा छात्रवृत्ति अभियान' को शुभारम्भ

१२ पुष २०७८, सोमबार ११:२७
काठमाण्डौ।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकालाई समाजसँग जोड्न आवश्यक रहेको बताए। आज सोमवार काठमाण्डौमा भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले बालबालिकालाई समाजसँग जोड्न आवश्यक रहेको जानकारी दिए । उनले कोरोनाका कारण आमा–बुबा गुमाएका बालबालिकाको शिक्षामा कुनै बाधा नआओस् भन्ने हेतुले भरोसा छात्रवृत्ति अभियान सुरु गरेको बताए। महामन्त्री थापाले बालबालिकामा […]