काठमाडौँ।पूर्व उपप्रधानन्त्री तथा गृहमन्त्री रविशरण लामिछाने सरकारी निवास छाडेर आफ्नो निजी निवास फर्किएका छन्।सर्वोच्च अदालतको फैसलालगत्तै उनले पदबाट राजीनामा दिएका थिए। अदालतले लामिछानेको सांसद पद खारेज भएको फैसला सुनाएको थियो।
पद गएको फैसला आउनासाथ उनी मन्त्रालयबाट आफ्नै गाडी चढेर बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका थिए।