कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए शपथ

कर्णाली अनलाइन २२ भाद्र २०८०, शुक्रबार २०:०६

विराटनगर। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमालेका नेता कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरी शपथ गराएका हुन् ।

सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई आजै संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए । एमाले नेतृत्वको सरकारलाई राप्रपाले पनि समर्थन गर्ने भएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माध्यमिक तह अध्यापन अनुमतिपत्र लिखित परिक्षा शनिवार ११ बजे देखी (परिक्षा केन्द्र सहित )

२२ भाद्र २०८०, शुक्रबार २०:०६
सुर्खेत।शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमति पत्रको लिखित परिक्षा भदौँ २३ (शनिवार भोली) गते विहान ११ बजे देखी शूरु गर्ने भएको भएको छ । जसमा कुल परिक्षार्थीमा ५६८४१ जनाले परिक्षा दिने भएका छन ।कोशी प्रदेशमा ८८३२, मधेश प्रदेशमा ७९४१ ,बागमति प्रदेशमा ६२४०, गण्डकी प्रदेश ४५४२ ,लुम्बिनी प्रदेश, ८९३१,कर्णाली प्रदेश […]