बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ

कर्णाली अनलाइन २० बैशाख २०७९, मंगलवार ११:१४

नवलपरासी (पश्चिम) ।आफनै बुवा ५० वर्षिय शंकर यादवलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनको छोरालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामग्राम नगरपालिका १४ प्रसावल बस्ने ३२ वर्षिय बालगोविन्द यादव रहेका छन ।उनलाई सोमवार राति प्रहरीले पक्राउ गरेको हो ।

बालगोविन्दले कुटपिट गर्दा घाइते भएका शंकरको पृथ्वीचन्द्र अस्पताल परासी हुदैँ थप उपचारको लागि मेडिकल कलेज भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरीले बालगोविन्दलाई पक्राउ गरेको हो ।घटनाका सम्वन्धमा प्रहरीलेले थप अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यस्ता छन, दैेलेख गुराँस गाउँपालिका अध्यक्षका उम्मेद्वार खेमराज ओलीका प्रतिबद्धता

२० बैशाख २०७९, मंगलवार ११:१४
सुर्खेत।दैेलेखको गुराँस गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार खेमराज ओलीले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।नेपाली काँग्रेसबाट उम्मेदवार बनेका ओलीले आफ्ना चुनावी प्रतिबद्धतामा परिपक्क एवम् युवा पुस्ताको जिम्मेवारीलाई प्रथामितामा राखेका छन्। ओलीले डाक्टर,पाइलट ,ईन्जिनियर ,विधावारिधि अध्ययनका लागि पालिकाबाट सहयोग,समाजबाद उन्मुख समृद्धि, आर्थिक विकास र सामाजिक न्यायमा अभिवृद्धि, जैविक मल उत्पादनका लागि […]