दैलेख।प्रदेशसभाको पहिलो कार्यकालमा कर्णालीको राजनीतिमा छुट्टै स्थान बनाएका युवा नेता धर्मराज रेग्मी दैलेखको भगवतीमाई गाउँपालिका वडा नम्बर ३ मा जन्मिएका हुन।बुवा चन्द्रलाल रेग्मी र आमा खगिसरा रेग्मीको सुपुत्र रेग्मीले अनेकौं संघर्ष र उतारचढाव बेहोर्दै सफलताको सिढी चढिरहेका छ्न।
वि.स.२०५१ सालबाट विद्यार्थी सङ्ठनमा सङ्गठित भएर राजनीति शुरु गरेका रेग्मीले शुरुआतमा विद्यार्थी आन्दोलन , त्यसपछि कानुन व्यवसाय र पार्टी राजनीतिमा युवा उमेरको उर्वर दुई दशक बढी समय विताएका छ्न।२०७४ सालमा दैलेख क्षेत्र नम्वर १ (क)बाट प्रदेशसभामा तत्कालिन बाममोर्चाबाट निर्वाचित रेग्मीले कर्णाली प्रदेशसभामा कानुन निर्माणमा अहम भुमिका निर्वाह गरेका थिए। प्रदेशसभा भित्र शुसासनको पक्षमा र भ्रस्टाचार बिरोधि अभियान्ताको रूपमा रेग्मीले लामो बहस सिर्जना गरेका थिए।
कर्णालीको विकासको मोडले कस्तो बनाउने भन्नेबारे गम्भीर नितिगत प्रयास र बहसको थालनी गर्ने जश पनि रेग्मीलाई नै जान्छ ।
केही रणनीतिक आयोजनाहरुको पक्षमा प्रदेशसभा सदस्य रेग्मीले अन्तर्राष्ट्रिय र संघिय सहयोग जुटाउने प्रयत्न गरे।त्यो मध्य एउटा भारत नेपालर चीन जोड्नेू जमुनाह- हिल्सा फास्ट ट्र्याकूनिर्माणको लागि चिनको “चाइना रेलवयू “कम्पनी संगको सम्झौता निर्माण, अनेकौ चरणमा बार्ता र बृस्तित परियोजना प्रतिवेदन तयार (DPR)गर्ने जस्तो रणनीतिक महत्वको कामको रेग्मीले अगुवाइ गरेका थिए।
कर्णाली प्रदेशसभा सदस्यका रुपमा सन २०१९ मा “बेल्ट एन्ड रोड इनिसिएटिभ” चीनमा र सन २०२० मा ग्लोबल पार्लियामेन्ट्री फोरम वासिङ्टन अमेरिकामा रेग्मीले कर्णाली र देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय लगानी भित्र्याउने र प्रदेश प्रणालीको महत्वलाइ स्थापित गर्ने प्रयत्न गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट संबैधानिक कानुनमा एल.एल.एम. प्रथम श्रेणीमा उतिर्ण गरेका रेग्मीले २०७४ साल अगाडि सर्वोच्च अदालतमा वकालत र संबैधानिक कानुन र अन्तर्राष्ट्रिय कानुन अध्यापन गरेका थिए।रास्ट्रीय तथा अन्तर्राष्ट्रिय गोष्ठी र कार्यशालाहरुमा उहाँले विषय विशेषज्ञ र सहभागीवक्ताका रूपमा सहभागीता गरेका थिए।आगामी दिनमा रेग्मीले कर्णालीको राजनीतिको बदलिँदो तस्बिर कोर्ने अभियानको राजनीतिक नेतृत्व गर्ने भरोसा र दृढता व्यक्त गरेका छ्न।