रेडियो नेपाल नजिकै मोटरसाईकल एक आपसमा ठोक्कीदा तीन जना घाइते

कर्णाली अनलाइन २९ फाल्गुन २०७८, आईतवार ०९:३३

सुर्खेत । वीरेन्द्रनगरको फोरलेन सडक खण्डमा मोटरसाईकल एक आपसमा ठोक्कीदा तीन जना घाइते भएका छन् ।  मुलपानीबाट टेम्पोपार्कतर्फ जाँदै गरेको प्रदेश २०३.०१९ प ७७५४ नम्बरको मोटरसाईकललाई कर्णाली प्रदेश ०२–००१ प ९७०४ नम्बरको मोटरसाईकलले ठक्कर दिएको हो ।

दुर्घटनामा दुल्लु नगरपालिका–११ का ३२ वर्षीय काँशीराम सुनार, चामुण्डाविन्द्रसैनी नगरपालिका–५ का १९ वर्षीय कृष्णबहादुर शाही र सोही ठाउँका २१ वर्षीय रामबहादुर शाही घाइते छन् ।

सुनारको कर्णाली केयर अस्पताल र अन्य दुई जनाको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । सुनारको बाँया हातको एक औंला काटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । फोरलेनमा गुडिरहेका सवारीहरुको निगरानी नगरेर भित्री सडकबाट स्पिडमा आउँदा दुर्घटना भएको प्रहरीको भनाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साउदी अरबका विदेशमन्त्री आज नेपाल आउँदै

२९ फाल्गुन २०७८, आईतवार ०९:३३
काठमाण्डौं। साउदी अरबका विदेशमन्त्री राजकुमार फाइसल विन फहरन अल साउद आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । दुई दिने नेपाल भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फाइसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री डा.नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग पर्सि भेटवार्ता गर्ने […]

सम्बन्धित शीर्षक