मंगलबार वीरेन्द्रनगरमा दुई दिने मतदाता शिक्षा तालिम सम्पन्न

कर्णाली अनलाइन ३० चैत्र २०७८, बुधबार ०२:१३

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार दुई दिने मतदाता शिक्षा तालिम सम्पन्न भएको छ । नेपाल युवा संस्था संजाल (आयोन) को आयोजनामा मतदाता शिक्षा तालिम सम्पन्न भएको हो । तालिममा स्थानिय तहको अवधारण तथा स्थानीय निर्वाचन प्रणालीका बारेमा संस्थाका केन्द्रिय महासचिव खिमानन्द देवकोटाले सहजिकरण गरेका थिए ।

आगामी वैशाख ३० गते हुन गइ रहेको स्थानिय तह निर्वाचनलाई ध्यानमा राख्दै चुनावलाई भयरहित वातावरणमा मतदान तथा निर्वाचन आचरसंहिता लगायतका विषयमा  प्रकाश पारिएको थियो ।

आगामी निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगको तयारीका विषयमा सञ्चार क्षेत्रलाई जानकारी गराइने देवकोटाको भनाई थियो ।तालिमको समापन गर्दै आयोनका उपाध्यक्ष मिना शाहिले मतदाता शिक्षा तालिमले आगामी निर्वाचनमा आउन सक्ने सम्भावित अज्ञानतालाई चिर्ने आशा व्यक्त गर्दै तालिममा सहभागीहरुलाई धन्यवाद ज्ञापन गरिन ।तालिममा सुर्खेतका विभिन्न स्थानीय तहका २७ जना प्रशिक्षार्थीको सहभागीता रहेका थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले दुल्लुको मेयरमा रुद्र शाही उम्मेदवार

३० चैत्र २०७८, बुधबार ०२:१३
दैलेख ।एमालेबाट दैलेखको दुल्लु नगरपालिकाको मेयरको उम्मेदवारका लागि रुद्र शाही सिफारिश भएका छन्।नगर प्रमुखका उम्मेदवार छनोटका लागि एमाले दुल्लु नगर कमिटीले आज गरेको निर्वाचन प्रक्रियाबाट रुद्र शाही छनोट भएका हुन्। सहमतिका माध्यमबाट मेयरका उम्मेदवार टुंग्याउने भने पनि आकांक्षीहरूको संख्या धेरै भएकाले निर्वाचन भएको एमाले दैलेखका उपसचिव गङ्गाराम दाहालले बताए।एमालेबाट नगर प्रमुखको […]