विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ

कर्णाली अनलाइन २२ मंसिर २०८०, शुक्रबार ०९:००

काठमाडौं- त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट १४ किलो सुनसहित दुई जना पक्राउ परेका छन् ।बिहीबार राति ११ः४० बजे १४ किलो सुनसहित दुई जनालाई पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोरखाका चन्द्र घले र मीनबहादुर घले रहेका छन् ।

दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घलेको साथबाट १४ किलो परिमाणको सुन बरामद गरिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

चन्द्र घलेको साथबाट बरामद भएको सात थान बिस्कुट आकारको सुन गोरखाका मीनबहादुर घलेको भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेपछि उनलाई बिहीबार राति नै नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेको दुवै जनालाई प्रहरी हिरासतमा राखी भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री ‘प्रचण्ड’ शुक्रबार धनगढी

२२ मंसिर २०८०, शुक्रबार ०९:००
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार दिउँसोधनगढी जाने भएका छन्। कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री धनगढी जान लागेका हुन्। धनगढी उपमहानगरपालिका–१ पशुपति टोल मैदानमा दिउँसो १२ः३० बजे महोत्सव उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।सुदूरपश्चिम महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले १७ औँ […]