तीनसय घट्यो सुनको मूल्य

कर्णाली अनलाइन १४ कार्तिक २०७८, आईतवार ०७:०८

काठमाडौँ ।साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तीन सय रुपैयाँले घटेर ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले घटेर ९१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बेलायत नेपालको सबैभन्दा पुरानो मित्र हो : प्रधानमन्त्री देउवा

१४ कार्तिक २०७८, आईतवार ०७:०८
लण्डन : प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएको र द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै आपसी सम्बन्ध मित्रता, सद्भाव र पारस्परिक विश्वासको आधारमा कायम रहँदै आएको धारणा व्यक्त गरेका छन्। नेपालका लागि सर्वदलीय संसदीय समूह (एपिपिजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले  शनिबार साँझ आयोजना गरेको स्वागत […]