भाेलि घटस्थापना, ११ बजेर २९ मिनेटमा शुभ साइत

कर्णाली अनलाइन २७ आश्विन २०८०, शनिबार ०७:५६

काठमाडाै‌ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दूहरूकाे महान् पर्व बडादशैंको पहिलो दिन भाेलि ‘शैलपुत्री’ दुर्गाभवानीको पूजा गरी घटस्थापना गर्ने र जमरा राख्ने परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समिति विकास समितिका अनुसार, घटस्थपना गर्ने साइत भोलि बिहान ११ बजेर २९ मिनेटमा परेको छ । यो दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नुअगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ ।

दसैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाउने प्रचलन छ । नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा या दसैंघरमा जमरा राखिन्छ । माटाको घट (कलश) स्थापना गरी जमरा राख्ने गरिन्छ ।

घटस्थापनाका दिन दुर्गापूजासँगै विभिन्न शक्ति पीठको दर्शन गर्ने चलन छ। विशेष गरी नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, दक्षिणकाली, भद्रकाली, दन्तकाली, सिद्धकाली, गुह्येश्वरी, विन्ध्यवासिनी, छिन्ताङदेवी पाथीभरा, मनकामना, वागीश्वरीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेत विमानस्थलले चाँप नधान्ने अवस्था छ,–रक्षा मन्त्री खड्का

२७ आश्विन २०८०, शनिबार ०७:५६
सुर्खेत । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काले उपप्रधानमन्त्री खड्काले हालको सुर्खेत विमानस्थलले भविष्यको जनघनत्वको चाँप नधान्ने अवस्था रहेकाले बेलैमा नयाँ ठाउँमा ठूलो विमानस्थलका लागि अहिलेदेखिनै पहल गर्नुपर्ने आवश्कता रहेको बताएका छन् । शनिबार सुर्खेत उधोग बाणिज्य संघले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा उनले सो कुरा बताएका हुन् […]