मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

कर्णाली अनलाइन २३ बैशाख २०७९, शुक्रबार ०७:४४

धनकुटा।जिल्लाको साँघुरीगढी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बिहीबार राति पौने १२ बजे साँगुरीगढी गाउँपालिका–३ सल्लेनी डाँडास्थित कुशेटार– डाँडाबजार सडक खण्डमा को२८प ७४७१ नम्वरको  मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

मोटरसाइकल दुर्घटना हुँदा साँघुरीगढी–३ कुशेटारबाट घर फर्कंदै गरेका सोही वडाका मदेन टोल बस्ने ३८ वर्षीय इन्द्रबहादुर याखालेको घटनास्थलमै मृत्यु भएको हो।मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल झरी दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय राजारानीबाट थप अनुसन्धान भइरहेको छ।

घटनास्थलबाट शवको कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीबी दाहालले जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माओवादीलाई भोट माग्नु अहिलेको आवश्यकता हो : विश्वप्रकाश शर्मा

२३ बैशाख २०७९, शुक्रबार ०७:४४
काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान रक्षाका लागि चुनावी गठबन्धन गरिएको बताएका छन्। तर, काँग्रेस कमजोर भएर गठबन्धन नगरिएको उनले प्रष्ट्याए। शर्माले संविधान रक्षाका लागि तालमेलबाट उम्मेदवार बनेका सबैलाई मतदान गर्न आग्रहसमेत गरे। माओवादीलाई भोट माग्नु आफूहरूको रहर नभएको उनको भनाई छ। रुपन्देहीको तिलोत्तमामा बिहीबार भएको चुनावी सभामा शर्माले […]