सुर्खेत । वीरेन्द्रनगर ११ मा स्थानीय तह निर्वाचन अन्तर्गत जारी मतगणना अनुसार वडाध्यक्षमा नेकपा एमालेका खिमलाल देवकाेटा विजयी भएका छन् ।देवकोटाले १८७१ मत प्राप्त गरी विजयी हुँदा नेपाली काग्रेसका कुलबहादुर खत्रीले १८६६ मत प्राप्त गरी पराजित भए । देवकोटासँग खत्री पाँच मतले पराजित भएका हुन् ।

