भरतपुरमा रेनु दाहालको अग्रता कायमै

कर्णाली अनलाइन ४ जेष्ठ २०७९, बुधबार १२:१०

चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल एक हजार ९०६ मतले अगाडि छिन् । २९ हजार ४४६ मत गणना भइसक्दा गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले १० हजार ७४८ मत पाएकी छन् ।उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ८ हजार ८४२ मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ८८३ मत पाएका छन् ।

उपप्रमुखतर्फ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका चित्रसेन अधिकारीले १२ हजार ८५८ मत पाएका छन् । राप्रपाकी हिमला गुरुङले भने ७ हजार १६६ मत पाएकी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माैसम पूर्वानुमान महाशाखा : हावाहुरीसहित वर्षाको सम्भावना

४ जेष्ठ २०७९, बुधबार १२:१०
काठमाडाैँ।हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।माैसम पूर्वानुमान महाशाखाका अनुसार आज मुलुकका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। आज दिउँसो प्रदेश १, मधेस प्रदेश र बागमती लगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग हावाहुरीसहित […]