माैसम पूर्वानुमान महाशाखा : हावाहुरीसहित वर्षाको सम्भावना

कर्णाली अनलाइन ५ जेष्ठ २०७९, बिहीबार ०२:०५
साकेतिक फोटो
 साकेतिक फोटो

काठमाडाैँ।हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।माैसम पूर्वानुमान महाशाखाका अनुसार आज मुलुकका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो प्रदेश १, मधेस प्रदेश र बागमती लगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएकाे छ।

नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेकोले वर्षा भइरहेको हो।राति प्रदेश १ र मधेस प्रदेशका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ भने अन्य प्रदेशका पहाडी भूभागका पनि वर्षा हुने ठानिएको छ।शुक्रबार प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी र अन्य प्रदेशका पहाडी भूभागका धेरै स्थानमा वर्षाको सम्भावना छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पोखरा महानगरपालिका : धनराज आचार्यले बढाए मतान्तर, २१ सयले अगाडि

५ जेष्ठ २०७९, बिहीबार ०२:०५
कास्की।पोखरा महानगरपालिकामा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले प्रतिद्वन्द्वीसँग मतान्तर बढाएका छन्। जारी मतगणनाको पछिल्लो विवरण अनुसार उनी १९ हजार ६१५ मतसहित अग्रस्थानमा छन्। नेकपा एमालेका कृष्ण थापाले १७ हजार ५१२ ल्याएका छन्। यस्तै राप्रपाका शंकर खरालले एक हजार ९६२ मत प्राप्त गरेका छन्। गनेस पौडेलले एक हजार २४ मत […]